नेपालमा सक्रिय संक्रमितकाे संख्या ५ हजारभन्दा कम, आज ६५ जनामा संक्रमण

नेपालमा सक्रिय संक्रमितकाे संख्या ५ हजारभन्दा कम, आज ६५ जनामा संक्रमण

केन्द्रबिन्दु
0
Shares

नेपालमा काेराेनाका सक्रिय संक्रमितकाे संख्या ५ हजारभन्दा कममा झरेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार आइतबारसम्म ४ हजार ९१७ जना सक्रिय संक्रमित रहेका छन् । 

पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार ७ हजार ९४७ परीक्षणमा ६५ जनामा संक्रमण पुष्टि भएको हो।

यस अवधिमा कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन। 

यस्तै संक्रमणमुक्त हुनेको संख्या १९२ रहेको छ। विगत २४ घन्टामा ८८ हजार ४८८ जनामा काेराेना संक्रमणविरूद्धकाे खाेप लगाइएकाे छ।

Logo