डेढ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका-७ का २५ वर्षीय अजय चौधरी र उनका दाजु २८ वर्षीय मिथुन चौधरी छन् ।
घरमा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ हराएकी बालिका सुन्दरहरैँचा नगरपालिका-७ गणेशपुरस्थित बनमारा बयरघारीमा अचेत अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो अजय चौधरीले सोही ठाउँस्थित गछिया खोलामा बालुवा चाल्दै गरेको अवस्थामा दाइ मिथुन चौधरीसँग भेट गरेका थिए । त्यसपछि उनीहरुले केरा बगानमा गई गाँजा सेवन गरेका थिए ।
गाँजा सेवन गरेपछि अजयले कोही नभएको मौका छोपी बालिकाको घरमा गएर बालिकालाई बनमारा झाँडीमा ल्याएको प्रहरीले जनाएको छ ।‘बालिकाको आमा घरमा काममा व्यक्त भएको बेलामा अजयले गएर बालिकालाई १० रुपैयाँ र चोकोपन दिएर घटनास्थल बनमारा झाँडीमा ल्याएर दाजुभाइले पालैपालो बलात्कार गरेका थिए । एससपी जिसीले भने, ‘करणी गर्दा बालिकालाई असय पिढा भएर रुन थालेपछि वारदत स्थलमा भेटिएको दुई वटा ढुङ्गा र बियरको बाेटलले बालिकाको टाउँकोमा प्रहार पनि गरेका थिए । त्यसपछि बालिका अचेत भइन् ।’
बालिका हराएको एक घण्टापछि साढे ६ बजे घारीमा अचेत अवस्थामा भेटिएकी थिइन् । त्यसपछि स्थानीय अस्पताल हुँदै नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार दिउँसाे मृत्यु भएको थियो ।
घटनास्थलबाट प्रहरीले रगत जस्तो रातो पदार्थ लागेको २ थान ढुंगा, १ थान बियरको बोतल र पीडितको १ थान सुरुवाल बरामद गरेको छ ।
प्रहरीले बालिका हत्या आरोपमा पक्राउ गरेको दुवै जनालाई आइतबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ । एसपी जिसीको अनुसार उनीहरुलाई कर्तब्य ज्यान र जवरजस्ती करणी मुद्दामा मोरङ अदालतमा इलका प्रहरी कार्यालय बेलबारीले म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।
पक्राउ परेका अजय यसअघि पनि दुइ वर्ष कारागार बसेका आएका अभियुक्त हुन् । उनी अपराध तथा शरिर बन्धक मुद्दामा दुई वर्ष अगाडी मोरङ कारागार बसेपछि १८ मंसिरमा छुटेका थिए । एसपी जिसीले घटनाबारे थप अनुसन्धान भइरहेकाे बताए ।































प्रतिक्रिया