बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

केन्द्रबिन्दु
0
Shares

बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ भन्सारटोल घर भई काठमाडौँको बूढानीलकण्ठ बस्ने अविन्दकुमार जैसवाल रहेका छन् । 

उनले प्रभु बैंक कपन शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारेर चेक दिएका थिए। उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट गएको मङ्सिर १४ मा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा नौ लाख जरिवाना र दुई दिन कैद हुने फैसला भएको थियो।

त्यसपछि फरार रहेका उनलाई ब्यूरोबाट कपनबाट आइतबार पक्राउ गरि फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको जनाइएको छ। 

Logo