बाजुराको गौमुल गाउँपालिका-२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झाेलुंगे पुल निर्माण गरिएकाे छ। कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिश गोर्खाज, नेपालद्वारा निर्माण भएको झोलुंगे पुलको उद्घाटन रक्षा सचिव किरणराज शर्माले गरे।
बाजुराकाे मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने याे पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । ८६ लाख २२ हजार लागतमा निर्माण भएको पुलको लम्बाई ८२ मिटर छ।
पुल नाउलीगाड खोला झोलुंगे पुल उपभोक्ता समितिमार्फत् निर्माण भएकाे हाे। यसअघि काठे पुलमार्फत नदी तर्नुपर्ने बाध्यता थियाे।
पुल बन्दा १० गाउँका बासिन्दा लाभान्वित भएका छन्। ९० दिनभित्र पुल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि वर्षा र हिमपातले गर्दा ९९ दिनमा निर्माण कार्य सम्पन्न भएको कादुरी इन्जिनियर ओहोदनारायण चौधरीले बताए।





























प्रतिक्रिया