हाल बंगलादेश तथा आसपासका क्षेत्रमा न्युन चापीय प्रणाली रहेको छ। नेपालमा पहाडी भूभागमा आंशिक बदली छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेकाे छ।
राति देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
बिहीबार देशभर मौसम सामान्यतया सफा रहने छ।





























प्रतिक्रिया