३०० स्टाफ नर्सका लागि दरखास्त आह्वान, खुल्लामै १६५ सिट

३०० स्टाफ नर्सका लागि दरखास्त आह्वान, खुल्लामै १६५ सिट

केन्द्रबिन्दु
0
Shares

लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ।

मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौं तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ।

खुल्लामा १६५ जनाको सिट छ। त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा सात र पिछडिएका क्षेत्रमा पाँच सिट कायम गरिएको छ। 

आवेदकले चैत २२ गतेभित्र नियमित र चैत २९ गतेभित्र दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत् आवेदन दिन सक्नेछन्। १८ वर्ष पूरा भई ४५ ननाघेकाले आवेदन दिन पाउनेछन्। 

Skip This
Skip This
Logo