वसन्तपुरमा देखिएको हाेलीको रौनक (फोटोफिचर)

वसन्तपुरमा देखिएको हाेलीको रौनक (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

रङहरुको पर्व होली विशेष गरेर आज नेपालको पहाडी क्षेत्र र भोलि तराईमा एक आपसमा रङ साटासाट गरेर मनाइने प्रचलन छ। 

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइन्छ ।

नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ।

होलीका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउँछन्।

तस्बिर: ज्ञानु घिमिरे, (केन्द्रबिन्दु)

 

Skip This
Skip This
Logo