विराटनगर महानगरको सेवा आजदेखि असोज २ सम्म बन्द

विराटनगर महानगरको सेवा आजदेखि असोज २ सम्म बन्द


विराटनगर ।

विराटनगर महानगरबाट प्रदान गरिने सेवा भदौ २९ देखि असोज २ गतेसम्मका लागि बन्द गरिएको छ ।

महानगरद्वारा जारी सूचनामा नगरका केही जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले रोकथाम, न्यूनीकरण तथा नियन्त्रणका लागि नगर कार्यपालिका कार्यालय र मातहतबाट प्रवाह हुने सेवा (अत्यावश्यकबाहेक) बन्द गरिएको उल्लेख गरिएको छ । महानगरले प्रदान गर्ने स्वास्थ्य, सरसफाइ, वारुणयन्त्र र एम्बुलेन्स सेवा भने चल्ने छ ।

यसैबीच महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । महानगरका जनस्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले अधिकृत पोखरेलको पिसिआर रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे। यस अघि वडा नं २ र ५ का वडाध्यक्ष कुमार पोखरेल र मीनकुमार आचार्य पनि सङ्क्रमित भएका थिए ।

Logo