श्रीमतीलाई हत्या गरेर पत्करले छोप्ने श्रीमान् पक्राउ

श्रीमतीलाई हत्या गरेर पत्करले छोप्ने श्रीमान् पक्राउ

केन्द्रबिन्दु
0
Shares

३९ वर्षीया श्रीमती निशा थेबेको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय पाँचथरले एक युवकलाई पक्राउ गरेको छ।

जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ खोपाङ्गे टोलका ३५ वर्षीय दिलिप नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो। सामान्य विवादको क्रममा घाँटी थिचेर श्रीमती निशाको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा दिलिपले स्वीकारेको पाँचथर प्रहरी प्रवक्ता डम्बर विश्वकर्माले जानकारी दिए।

बिहीबार बेलुकी अन्दाजी ५ बजेतिर निशा बेपत्ता भएको भन्दै प्रहरी चौकी पौवासारतापमा स्थानीयले जानकारी गराएका थिए। लगत्तै जिल्ला प्रहरी कार्यालय र पौवासारतापको टोली खोजतलासमा जुटेको थियो । सोही क्रममा निशाको शव घरदेखि अन्दाजी ५ सय मिटर टाढा रहेको सार्की खोल्सास्थित ओढारमा फेला परेको प्रवक्ता विश्वकर्माले बताए ।

उनका अनुसार पत्करले छोपिएको अवस्थामा शव फेला परेको हो। दिलिपविरुद्ध प्रहरीले आइतबार जिल्ला अदालत पाँचथरबाट अनुसन्धानका लागि म्याद थप अनुमति लिने तयारी गरेको छ।

Skip This
Skip This
Logo