महोत्तरीमा लागूऔषधसहित तीन जना पक्राउ

महोत्तरीमा लागूऔषधसहित तीन जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रतिबन्धित लागूऔषधसहित बर्दिबासबाट तीन जना पक्राउ परेका छन्। बर्दिबासस्थित देउराली माध्यमिक विद्यालय नजिकै जंगलको खोल्सीमा लागूऔषध कारोवार गर्दै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका घर भइ हाल बर्दिबास बस्ने ३९ वर्षीय बलिराम भण्डारी, सर्लाही रामनगर गाउँपालिकाका २१ वर्षीय अरुणकुमार दास र मलङ्गवा नगरपालिकाका २२ वर्षीय मुकेश साह छन्।

लागूऔषध कारोबार तथा प्रयोग गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरिडाँडाले उनीहरुलाई  रंगेहात पक्राउ गरेको हाे।

पक्राउ परेका तीनै जनाको साथबाट प्रहरीले डियाजपान इन्जेक्सन ३५ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड ३५ एम्पुल र लेबलिङ्ग नभएको ३५ थान म्पुलसहित १०५ थान एम्पुल बरामद गरेको छ।

Skip This
Skip This
Logo