यस्तो रहनेछ आज दिनभरको मौसम

यस्तो रहनेछ आज दिनभरको मौसम

केन्द्रबिन्दु
0
Shares

आज विहानै काठमाडौंमा सामान्य वर्षा भएको छ । केही दिन देखी तुवालोले छोपेको काठमाडौं उपत्यकामा सामान्य वर्षा भएको हो । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ ।

प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी चार (प्रदेश १, मधेस, बागमती र गण्डकी) प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वा क्षणिक वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

अहिले बिहान प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । काठमाडौं उपत्यकाका केही स्थानमा बिहान वर्षा भएको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले जनाएको छ । 

Logo