बलात्कारको झुटो आरोप लगाउन युवती जेल चलान

बलात्कारको झुटो आरोप लगाउन युवती जेल चलान

केन्द्रबिन्दु
0
Shares

बलात्कारको झुटो आरोप लगाउने कमलबजार नगरपालिकाकी एक युवतीलाई अदालतले जेल चलानको फैसला सुनाएको छ। कमलबजार नगरपालिकाकी १९ वर्षीया युवतीलाई साढे तीन वर्षको जेल सजाय तोकिएको हो। जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलासले सो फैसला गरेको थियो।

बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय नन्दराम खनाललाई सफाइ दिएर अदालतले युवतीलाई कारागार पठाउने फैसला गरेको हो।

युवकले तत्काल विवाह नगर्ने भनेपछिआवेगमा युवतीले बलात्कारको उजुरी दिएर फसाउन खोजेको बताइएको छ। तर, झुटो आरोप लगाएको पुष्टि भएपछि युवतीलाई अदालतले कैद फैसला गरेको बताइएको छ।

ती युवतीले नन्दरामले माघ १५ गते राति आफ्नै घरमा बलात्कार गरेको भन्दै माघ १७ गते प्रहरीमा उजुरी दिएकी थिइन्।

झुटा मुद्दामा फसाउने प्रयत्न गरेवापत मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ दफा २१९ अनुसार तीन वर्ष छ महिना कैद हुने ठहर गरेको छ। नन्दरामलाई प्रहरीले कमलबजार नगरपालिका–६ गैरीटाँड बजारबाट माघ १८ गते पक्राउ गरेको थियो।

Skip This
Skip This
Logo