बसले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा दम्पतीकाे मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा दम्पतीकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितवनको रत्ननगर नगरपालिका-९ भानुचोकमा बुधबार साँझ  बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका-२ घर भएका ४५ वर्षीय निरन्जन श्रेष्ठ र उनकी ३० वर्षीय पत्नी मिनतारा श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी नवराज अधिकारी जानकारी दिए ।

उनीहरु चढेको बागमती प्रदेशको ०३-००२-१८९५ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १९० नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दम्पतीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो। दुर्घटनापछि बस चालकलाई प्रहरीले पक्राउ गरेको छ।

Skip This
Skip This
Logo