ललितपुर यातायात कार्यालयमा आएका सेवाग्राहीलाई दुःख दिने कार्यमा संलग्न रहेको आरोपमा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बागडोल बस्ने खोटाङ दिक्तेल घर भएकी १९ वर्षीया इनिमाया राईसमेत १५ जना छन् ।
ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय परिसर तथा बाहिरसमेत अनाधिकृतरुपमा मानिसहरु भेला भई कार्यालयमा आउने सेवाग्राहीहरूलाई अनावश्यकरुपमा उनीहरुले दुःख दिएको प्रहरीले जनाएको छ।
उनीहरुले कार्यालयको काममा समेत बाधा अवरोध पुर्याएको प्रहरीको भनाइ छ।































प्रतिक्रिया