१ हजार २२ जना सक्रिय संक्रमित, २२ जनामा कोरोना संक्रमण पुष्टि

१ हजार २२ जना सक्रिय संक्रमित, २२ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप २२ जनामा काेरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर ३ हजार ८३५ नमूना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो। 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ७५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ हजार २२ जना सक्रिय संक्रमित रहेका छन्।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेहरुको संख्या ५९ हजार ५४३ रहेको पनि मन्त्रालयले जनाएको छ।

Logo