बाँकेको जानकी गाँउपालिकाको पशु हाटबजारमा गोरु पाइन छोडेको छ । हाट बजारमा छिमेकी जिल्ला बर्दिया, सुर्खेत, दाङ, कैलाली र काठमाडौंबाट समेत व्यापारीहरु पशु किनमेल गर्नका लागि आउने गरेका भएपनि पछिल्लो समय राँगा र भैँसी मात्रै बजारमा भेटिन थालेका छन् ।
पहिला राँगा, भैँसी र गोरु बराबरको संख्यामा बजारमा देखा परेपनि अहिले २–३ वर्षको अन्तरमा गोरुको संख्या बजारमा शुन्य भएको स्थानीय व्यापारीहरु बताउँछन् । २०४५ सालदेखि जानकी गाँउपालिका वडा नं.३ को रमवापुरमा पशु हाटबजार लाग्दै आएको छ ।
हाट बजारमा पशु व्यापारी, किसान र होटेल व्यपारीहरु रागाँ, भैँसी किन्नका लागि जाने गर्दछन् । राँगा र भैँसी पहिलाकै संख्यामा देखा परेपनि गोरु देखा पर्न छाडेको बताउछन् स्थानीय श्रीपशु हाट बजार व्यवस्थापन समितिका अध्यक्ष सुदिपकुमार बर्मा ।
राँगा र भैँसीको मासु बिक्री गर्न मिल्ने तर गोरुको माशु बिक्री वितरणमा सरकारले नै मान्यता नदिएकोले गोरुको संख्या कम हुँदै गएको उनको भनाइ छ ।
हाट बजार २०४५ सालदेखि लाग्न शुरु गरेपनि २०६९ सालमा दर्ता गरेर नयाँ रुपले व्यवस्थापन गरेर सञ्चालन गरेको बर्माले बताए । हरेक हप्ताको शनिवार मेला लाग्ने गरेको हुन्छ ।
लकडाउनमा केही समय बजार नलागेपछि घाटा लागेको बताउँछन् । पशु व्यापारी प्रेम नारायण सोनकर । उनले आफूलाई पशु व्यापार नै मन पर्ने गरेकोले यही व्यापार पढाउने पेशा छोडेर पशु व्यवसायमा लागेको बताए । उनले बजारमा अहिले उल्लेख्य मात्रामा भैँसी र राँगाको व्यापार भएको तर गोरुको व्यापार हुन छोडेको बताउनु भयो ।
त्यस्तै अर्का पशु व्यापारी कुमार यादवले २०५० सालदेखि पशु हाट बजारमा क्रेता र बिक्रेता बनिरहेको बताउछन् । पशु हाट बजारले धेरै सहजता प्रदान गरेको पनि उनले बताए ।
त्यस्तै, स्थानीय पशु व्यापारी आमिरखा सोनकरले पहिला सर्लाहीदेखि व्यापारीहरु गोरु किन्न आउने गरेको भएपनि अहिले आउन छोडेको बताए । गोरु किनमेल गर्नका लागि छिमेकी देश भारतबाट आउने गरेका व्यापारीहरु पनि आउन छोडेको उनले बताए ।































प्रतिक्रिया