आजको मौसम : देशका पहाडी भू-भागमा आंशिक बदली

आजको मौसम : देशका पहाडी भू-भागमा आंशिक बदली

केन्द्रबिन्दु
0
Shares

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। अन्य भू-भागमा मौसम सामान्यतया सफा छ।

विभागका अनुसार आज दिउँसो प्रदेश-१ को पहाडी भू-भागका केही स्थानमा तथा वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना छ। प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

आज राति प्रदेश-१, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ। 

प्रदेश-१ को पहाडी भू-भागका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

Logo