काउन्सिलले ऋषि धमलालाई मौखिक बयानका लागि बोलायो

काउन्सिलले ऋषि धमलालाई मौखिक बयानका लागि बोलायो

केन्द्रबिन्दु
0
Shares

प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बयानका लागि बोलाएको छ। लिखित स्पष्टीकरण चित्त नबुझेको भन्दै काउन्सिलले पत्रकार धमलालाई बयान दिन बोलाएको हो।

चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्किने क्रममा जहाजको संवेदशील ठाउँमा पुगेपछि काउन्सिलले धमलालाई स्पष्टीकरण सोधेको थियो। तर धमलाले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि काउन्सिलले भोलि मध्यान्न १२ बजे बयानका लागि बोलाएको हो।

धमलाले स्पष्टीकरणमा आफूले गल्ती गरेको भए आत्मालोचना गर्न तयार रहेको बताएका छन्। जनतालाई छिटो समाचार दिँदा गल्ती भएको उनको स्पष्टीकरणमा उल्लेख छ।

Skip This
Skip This
Logo