पूर्व प्रधानाध्यापकसहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व प्रधानाध्यापकसहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको नरसिंह-५ स्थित श्री प्राथमिक विद्यालयका पूर्व प्रधानाध्यापक (हाल अवकास प्राप्त) सिद्धिनाथ लाल दाससमेत ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरुमाथि सरकारी कागजात सच्याउने एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

अख्तियारले मुद्दा दायर गरेका अन्यमा महाविर प्राथमिक विद्यालय सुनसरीका तत्कालीन राहत शिक्षक एवं प्रधानाध्यापक (हाल सेवामा नरहेका) मनोज कुमार चौधरी र तारणी प्रसाद खतिवडा रहेका छन् । 

उनीहरुले ५ लाख ६० हजार रुपैयाँ हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ । 

Skip This
Skip This
Logo