आजकाे माैसम : केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

आजकाे माैसम : केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

हाल नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बिहान पहाडी भूभागमा आंशिक बदली छ।

दिउँसो पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

शनिबार पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ। राति प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

Logo