सुर्खेतको गुर्भाकोटमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चालकसहित तीन जना घाइते भएका छन् । बेतनीबाट गुमीतर्फ जाँदै गरेको भे १ ह ३०४९ नम्बरको टेम्पो शनिबार साँझ पौने ७ बजे पल्टिंदा सुर्खेतक गुर्भाकोट नगरपालिका-१४ का अन्दाजी ६० वर्षीय पदमबहादुर रास्कोटीको मृत्यु भएको हो । टेम्पो गुर्भाकोट नगरपालिका १३ शेरघारी फर्ममा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ । दुर्घटनामा टेम्पो चालक ३१ वर्षीय पदम शाही, ४५ वर्षीय गोपाल पुन र ४२ वर्षीया पूर्णकला पुन घाइते छन् । उनीहरूको मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया