कस्ताे हाेला आजकाे माैसम ?

कस्ताे हाेला आजकाे माैसम ?

केन्द्रबिन्दु
0
Shares

नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव छ। बिहान पहाडी भूभागमा आंशिक बदली छ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ लगायत पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

राति प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ।

बुधबार पहाडी भूभागसँगै मधेश प्रदेशका थोरै स्थानमा  क्षणिक वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।

Logo