पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ४०३ नमुना परीक्षण गर्दा १० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो।
सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा २६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ३३४ जना सक्रिय संक्रमित रहेका छन्।
एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ७२ हजार ६८९ रहेको छ ।





























प्रतिक्रिया