पोखरामा दिउँसै अन्धकार !

पोखरामा दिउँसै अन्धकार !

केन्द्रबिन्दु
0
Shares

पोखरामा आज पानी पर्दा दिउँसै अन्धकार भएको छ । मंगलबार दिउँसो साँढे ३ बजेपछि भएको हावाहुरी र वर्षाका कारण दिउँसै अन्धकार भएको हो ।

पश्चिमी वायुको साथै स्थानिय वायुको प्रभावका कारण अहिले पोखरामा मेघ गर्जनसहित वर्षा भइरहेको छ । वर्षासँगै पोखरामा दिउँसै अध्यारो हुँदा सवारी साधनहरु हेडलाइट बालेर हिँडेका छन् भने पानी परेपछि दुई पाङ्ग्रे सवारी साधन तथा पैदलयात्रु विच बाटोमा नै रोकिएका छन् ।

यस्तै दिउँसो परेको पानीका कारण बढ्दो गर्मीमा राहत मिलेको महशुस गरिएको छ । पोखराको पछिल्लो २४ घण्टाको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १९.४ सेल्सियस मापन गरिएको छ । २०६७ सालमा बैशाख २९ गते पोखरामा दिउँसै अध्यारो  भएको थियो । 

 

 

Skip This
Skip This
Logo