दाङको मस्जिदमा दुई पक्षबीच झडप, ५ जना घाइते

दाङको मस्जिदमा दुई पक्षबीच झडप, ५ जना घाइते

केन्द्रबिन्दु
0
Shares

दाङको एक मस्जिदमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।  

लमहीस्थित मुस्लिम समुदायको सुनन्त फैजाने रजा मस्जिदमा दुई पक्षबीच झपड भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

नवाज पढिरहेको बेला मस्जिदकै अर्को समूह आएर वर्तमान अध्यक्षले राजीनामा दिनुपर्ने माग राखेका थिए । तर, अध्यक्षले राजीनामा नदिने अडान लिएपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए । 

झपडमा परी घाइते भएकमा पाँचैजना आफैं उपचार गर्ने भन्दै बुटवलतिर लागेको एसपी काफ्लेले जानकारी दिए । दाङमा प्राथमिक उपचारपछि उनीहरू आफैं उपचार गराउने भनेर बुटवलतिर लागेको उनको भनाइ छ । 

Logo