काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाण्डौको काँडाघारीमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-६ का अन्दाजी ३२ वर्षीय कमल आले मगर र अन्दाजी २२ वर्षीय गोपाल आले मगर रहेका छन् । दुवैको उपचारको क्रममा महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिहान सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

आलेद्धय सवार बा ५० प ९९३६ नम्बरको मोटरसाइकल आज बिहान साढे ५ बजे अनियन्त्रित भई काँडाघारी सोल्टीमोडस्थित बिजुलीको पोलमा ठक्कर खाएको प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ ।

Logo