सातौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश

सातौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सातौँ भूकम्प स्मृति दिवसको सन्देश जारी गरेकी छिन् ।

सन्देशमा गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई वि.सं.२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पमा जीवन गुमाएका दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरिएको छ ।

साथै विज्ञप्तिमा नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका पुरातात्त्विक एवं ऐतिहासिक सम्पदा सरकारी तथा सार्वजनिक भवन, शैक्षिक र स्वास्थ्य संस्थाका भवन, निजी आवास सडक र पुल लगायतका भौतिक संरचनाको पुनर्निर्माण कार्य लगभग सम्पन्न गरिसकेको जनाइएको छ ।

राष्ट्रपति भण्डारीले उनको सन्देशमा सुरक्षित जीवनका लागि भूकम्प स्मृति दिवसबाट आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्ने कामना समेत गरेकी छिन् ।

Logo