चितवनको नारायणगढ बजारस्थित कमलनगर चोकमा गएराति देखि भिषण आगलागी भएको छ ।
चोकमा रहेको तुलसीराम सापकोटाको चार तले घरमा गएरातिदेखि लागेको आगो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । भरतपुर महानगरपालिकाको एउटा दमकल, खैरहनी नगरपालिकाका २ वटा दमकल र नेपाली सेनाको एउटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले दमकलहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको जानकारी दिए ।





























प्रतिक्रिया