गाई काटेको अभियोगमा पक्राउ परेकाविरुद्ध मुद्दा दर्ता

गाई काटेको अभियोगमा पक्राउ परेकाविरुद्ध मुद्दा दर्ता

केन्द्रबिन्दु
0
Shares

नुवाकोट ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले गाई काटेको अभियोगमा पक्राउ परेका एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

तादी गाउँपालिका–३ स्थित टुटुङमा गाई काटी भाग लगाइरहेको अवस्थामा सोही गाउँपालिका–१ उर्लेनी घर भएका ३० वर्षीय सुरेश लामा भनिने सन्चा तामाङ दोङलाई सोमबार प्रहरीले पक्राउ गरी पशुपक्षी सम्बन्धी कसुर अनुसार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए ।

प्रहरी निरीक्षक फुयाँँलका अनुसार सोही घटनामा संलग्न भएका नौ जना प्रतिवादी हालसम्म फरार रहेका छन् । गाई काट्न प्रयोग गरिएको धारिलो घरेलु हतियारसमेत घटनास्थलबाट प्रहरीले बरामद गर्नुका साथै पक्राउ परेका प्रतिवादी तामाङलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए।रासस

Logo