मोरङ र कञ्चनपुरमा भएको दुर्घटनमा २ जनाको मृत्यु

मोरङ र कञ्चनपुरमा भएको दुर्घटनमा २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मोरङ र कञ्चनपुरमा भएका सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

मोरङको कानेपोखरी गाँउपालिका-७ मा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-१६ का अन्दाजी २९ बर्षीय रुपक श्रेष्ठ रहेका छन् । आइतबार साँझ ना ३ ख ६७६ नम्बरको ट्रकले हिजो साँझ साढे ६ बजे श्रेष्ठ सवार प्रदेश १-०२-०४९ प नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चालक श्रेष्ठको उपचारको क्रममा बिराटनगर स्थित न्युरो अस्पतालमा बेलुकी साढे ८ बजे मृत्यु भएको हो । ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय बेलबारी मोरङले नियन्त्रणमा लिएको छ । उता कञ्चनपुरको बेदकोट नगरपालिका–३ चोरपानीमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका-१० का अन्दाजी ५५ वर्षीय केशवराज अवस्थी रहेका छन् । बेदकोट तालबाट दैजीतर्फ जादै गरेको सुदुर पश्चिम प्रदेश ०२-००३-प ४६५३ नम्बरको मोटरसाइकल हिजो साँझ साढे ५ बजे अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Skip This
Skip This
Logo