काभ्रेमा दुई सवारी साधन आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ।
भारतीय पर्यटक बोकेको बस र जिप आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् । भारतीय यात्रु बोकेको यूपी५८टी ८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौं आइरहेको ना १ज ४२१० नम्बरको जिप रोसी गाउँपालिका बढुबेसीमा दुर्घटनामा परेका हुन्।
दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका-६ रामपुरका ३० वर्षका विक्रम श्रेष्ठ, रामेछापको खाडादेवी गाउँपालिका-३ की सम्झना भुसाल, उनकी ६ वर्षीया छोरा संगीता भुसाल, सिन्धुलीको सुनकोशी गाउँपालिका-१ का ४४ वर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिबहादुर बलको मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ।
घाइतेलाई उद्धार गरि उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।





























प्रतिक्रिया