काठमाडौंसहित देशका विभिन्न स्थानमा अहिले वर्षा भैरहेको छ ।
बिहीबार दिउँसो पनि देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा नै रहेको छ।
हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको महाशाखाले जनाएको छ।
राति प्रदेश १ , मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।





























प्रतिक्रिया