आगलागीका घटनामा २ जनाको मृत्यु

आगलागीका घटनामा २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भोजपुर र पाल्पामा आगलागीका घटनामा परी दुई जनाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका-१४ बिहिबारे बजार बस्ने खेममणी तामाङको घरमा बिहीबार साँझ आगलागी हुँदा जलेर उनको दुई वर्षीया छोरी रेश्मा तामाङको मृत्यु भएको छ । 

आगलागीमा परी घाइते भएकी उनकै श्रीमती २४ वर्षीया मिना तामाङको धरान घोपा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

आगलागीबाट दुई वटा घर तथा खेममणीको किराना पसल र कपडा पसल समेत पूर्णरूपमा जलेर नष्ट भएको छ । 

पाल्पाको रैनादेवी छहरा गाउँपालिका-४ जौखरक बस्ने ७९ वर्षीय मान बहादुर सोमैको घरमा बिहीबार राति आगलागी हुँदा जलेर मान बहादुरको मृत्यु भएको छ । आगलागीबाट करिब २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।  

Logo