तीन वायुकाे संयुक्त प्रभाव, आज पनि वर्षाकाे सम्भावना

तीन वायुकाे संयुक्त प्रभाव, आज पनि वर्षाकाे सम्भावना

केन्द्रबिन्दु
0
Shares

आइतबार बिहान प्रदेश १ का तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। स्थानीय वायु, पश्चिमी न्यूनचापिय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामिलनाडुसम्म बनेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा माैसम प्रतिकूल बनेकाे हाे।

दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

राति प्रदेश १, बागमती र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।

साेमबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ।

Skip This
Skip This
Logo