उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत

उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत

केन्द्रबिन्दु
0
Shares

उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बेलका नगरपालिका-६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैंशाख ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Logo