पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार ४३७ नमूना परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १६४ जना सक्रिय संक्रमित रहेका छन् ।
एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या शून्य रहेको छ ।































प्रतिक्रिया