काठमाडौंमा प्रिन्ट छपाइसम्बन्धी कला प्रदर्शनी

काठमाडौंमा प्रिन्ट छपाइसम्बन्धी कला प्रदर्शनी


काठमाडौंमा प्रिन्ट छपाइसम्बन्धी कला प्रदर्शनी भएको छ। गत आइतबारबाट सुुरु भएको प्राध्यापक एवं दृश्य कलाकार सम्झना राजभण्डारीको प्रिन्टसम्बन्धी कला प्रदर्शनी आज (मंगलवार) बेलुकासम्म हुनेछ। 

प्रदर्शनीमा वि.सं १९६५ सालदेखि नेपाल सरकारले प्रयोगमा ल्याएका हुलाक टिकटलाई प्रिन्ट मेकिङको माध्यमबाट ठूलो आकार बनाइ प्रदर्शनीमा राखिएको छ । दृश्य कलाकार सम्झना भण्डारीले यो पहिला हुलाक टिकटको प्रयोग धेरै भएपनि अहिले त्यसको प्रचलन हराउँदै गएकाले नयाँ पुस्तालाई जानकारीका लागि यस प्रदर्शनीले सहयोग पुग्ने बताए । उनले सामाजिक सञ्जालका कारण यसको प्रयोग हराउँदै गएपनि पहिला हुलाककै माध्यमबाट देश, विदेशमा धेरै मानिसहरु आवतजावत गर्ने गरेको बताइन् ।

दृश्य कलाकार राजभण्डारीले यस प्रदर्शनीमा उत्साहजनक कारोबार र अवलोकनकर्ताहरुको उपस्थिति भएको बताइन् । उनले आफ्ना पिता स्व. विद्याधीश राजभण्डारीको सोख यो क्षेत्र रहेकोले पनि यसलाई संरक्षण र संवर्द्धन गर्न लागिपरेको बताइन् ।

Logo