ब्युटी प्याजेन्ट घटना : एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा छानविन समिति गठन

ब्युटी प्याजेन्ट घटना : एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा छानविन समिति गठन

केन्द्रबिन्दु
0
Shares

सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीमाथि आठ वर्षअघि भएको बलात्कारसम्बन्धी घटनाको छानविनका लागि समिति गठन भएको छ ।

गृह मन्त्रालयले छानविन समिति गठन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा समिति बनाएको हो ।

समितिमा एसपी कृष्ण कोइराला, डीएसपी कोपिला चुडाल, हरि बस्नेत र इस्पेक्टर सपना खड्का सदस्य छन् । बुधबार एक युवतीले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लीप सार्वजनिक गर्दै १६ वर्षको हुँदा आफूमाथि एक सौन्दर्य प्रतियोगिताका सञ्चालकले बलात्कार गरेको खुलासा गरेकी थिइन् ।

ती व्यक्तिले भिडियो समेत खिचेर ब्ल्याकमेल गर्दै ६ महिनासम्म जबरजस्ती करणी गरेको उनको भनाइ छ । यस विषयमा उनले पूर्वमिस नेपाल माल्भिका सुब्बालाई पनि बताएको खुलाएकी थिइन् । तर उनले न्यायका लागि सहयोग नगरेको उनले भनेकी छन् । यसपछि सुब्बाको आलोचना भइरहेको छ । सुब्बाले त्यसवेला उनको कुरालाई सामान्यरुपमा लिएकोमा माफी मागेकी छन् ।

 

Logo