इँट्टालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ

इँट्टालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

दाङमा इँट्टालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ परेका छन्। तुलसीपुरको एक होटेलमा दुई वटा इँट्टा सुन भनेर सर्वसाधारण नागरिकलाई बिक्री गर्न खोज्ने दाङ, सल्यान र दार्चुलाका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रा नाकाका २६ वर्षिय राजकुमार बुढा, सोही ठाउँकै २४ वर्षिय प्रकाश खड्का, सल्यानको शारदा नगरपालिका वडा नम्बर १ का ४९ वर्षिय सावित्रा बुढाथोकी, कुमाख गाउँपालिका–१ का ३० वर्षिया गिता बुढा र दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ का २३ वर्षिय सुरेन्द्रसिंह धामी रहेका छन्। 

पक्राउ परेकाको साथबाट दुई थान इँट्टाको टुक्रा, हरियो रंगको जेब्रा झोला १ थान र सुनजस्तो देखिने पहेँलो धातुको टुक्रा एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।   

पक्राउ परेका उनीहरुले सुन जस्तो देखिने धातु स्याम्पलको रुपमा देखाएर सर्वसाधारण नागरिकलाई झुक्याई झोलामा राखेको इँट्टा बिक्री गर्न खोजेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ।   

Logo