कस्तो हाेला आजको मौसम ?

कस्तो हाेला आजको मौसम ?

केन्द्रबिन्दु
0
Shares

हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानमा वर्षा भएको छ।

दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति पहाडी भूभागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

शुक्रबार पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। राति प्रदेश १ का थोरै स्थान र अन्य पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार पहाडी भूभागका थोरै  स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Skip This
Skip This
Logo