उल्टियो पूर्वडीआईजी कोइरालाको मुद्दा, जन्म कैदको सजाय सदर

उल्टियो पूर्वडीआईजी कोइरालाको मुद्दा, जन्म कैदको सजाय सदर

केन्द्रबिन्दु
0
Shares

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जनप्रसाद कोइरालाको फेरि जेल यात्रा हुने भएको छ । सर्वोच्च अदालतले उनलाई यसअघि दिएको कैद छुटको आदेश उल्ट्याएसँगै कोइरालाको फेरि जेल यात्रा हुने भएको हो ।

बिहीबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले कर्तव्य ज्यान मुद्दामा कैद सहुलियत नहुने भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कैद सजाय छुट दिन दिएको आदेश उल्ट्याएको हो । 

सशस्त्र प्रहरी बलका तत्काली नायव महानिरीक्षक (डीआईजी) रन्जन कोइरालालाई जेल सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्च अदालतले उल्टाइदिएको हाे । 

आदेशमा जन्मकैदको सजायमा सहुलियत दिन नसकिने उल्लेख छ । 

१५ असार २०७७ मा जबरा र केसीको इजलासले चित्तमा लागेको भन्दै तजबिजी अधिकार प्रयोग गर्दै कोइरालाको कैद सजाय घटाउँदै साढे आठ वर्ष भुक्तान गरे हुने फैसला गरेको थियो । 

त्यसविरुद्ध ११ साउन २०७७ मा महान्यायाधिवक्ताको कार्यालयले उक्त आदेशविरुद्ध पुनरवलोकन रिट दिएको थियो । 

कोइराला २०६८ मा श्रीमती गीता ढकालको हत्या गरी शवसमेत नष्ट गरेको कर्तव्य ज्यान मुद्दामा कोइराला दोषी ठहर यसअघि नै भइसकेका छन् । 

Logo