रेनु दाहाल चढेकाे गाडि दुर्घटना, अस्पताल भर्ना

रेनु दाहाल चढेकाे गाडि दुर्घटना, अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल दुर्घटनामा घाइते भएकी छन् । उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । 

जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

उनी चढेको प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी जावलाखेलको स्टाफ कलेज नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

दाहालको टाउकोमा चोट लागेको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको र अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।
 

Skip This
Skip This
Logo