टिटीतिर आवाज आएको भनेर सूचना पाएका छौं, पुष्टी भएको छैन : मुस्ताङका सिडिओ

टिटीतिर आवाज आएको भनेर सूचना पाएका छौं, पुष्टी भएको छैन : मुस्ताङका सिडिओ

केन्द्रबिन्दु
0
Shares

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङ स्थित टिटी डाँडातिर दुर्घटना भएको हुन सक्ने बताइएको छ। 

लेतेनजिकै टिटी डाँडामा ठूलो आवाज आएको सूचना स्थानीयले दिएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

‘पुष्टी भएको छैन । भएपछि हामी खबर गर्छौं,’ उनले भने, ‘लेते नजिक टिटी क्षेत्रमा दुर्घटना भएको आशंका छ। स्थानीयले त्यहाँ ठूलो आवाज आएको भनेका छन्।’ 

जहाज खोज्न जोमसोमबाट हेलिकोप्टर उडिसकेको बताइएको छ। उक्त जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए।

Logo