वर्षाले भैरहवाका बजार जलमग्न

वर्षाले भैरहवाका बजार जलमग्न

केन्द्रबिन्दु
0
Shares

शनिबार राति र आइतबार बिहान केहीबेर परेको पानीले भैरहवा जलमग्न भएको छ। वर्षाले मुख्य बजार बैंकरोड, मिलनचोक, सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने देबकोटा चोक लगायतका क्षेत्र जलमग्न भएका छन्। सडक र ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्नासाथ जलमग्न हुने गरेको छ। 

पानीको निकाश र नाली पुरिएका कारण सडकमा पानी जमेको छ। नालबाट पानी ओभर फ्लो भएसँगै पसलहरूमा पनि पानी पसेको छ। कतिपय ठाउँमा सडकको काम अधुरो छाडेकोले पनि पानीको निकाश हुन सकेके छैन। 

घाम लाग्दा धुलो उड्ने समस्या झेल्दै आएका नगरवासी सडक पानी परेपछि भने हिलाम्मेको समस्या खेप्दै आएका छन्। डुबान र जलमग्नको कारण पैदय यात्रु तथा सर्वसाधारणसमेत मारमा पर्ने गरेका छन् ।

विगतका वर्षदेखि यो समस्या दोहोरिँदै आएको छ। बढ्दो सहरीकरणसँगै अव्यवस्थित ढल र प्लास्टिक लगायतका फोहोरले वर्षाको पानी सडकमा जम्ने गरेको छ। 

भैरहवामा ३० दशमलव २ मिलिमिटर पानी परेको भैरहवा विमानस्थलमा रहेको जल तथा मौसम कार्यालयले जानकारी दिएको छ। पानी पर्ने सम्भावना कायम छ, पानीले केही समय हवाई सेवा प्रभावित बनाएपनि हाल सेवा सुचारु भएको छ।  

सडक,नाला भत्काइएकाले पानीले निकास नपाउँदा सडकमा पानी जम्ने गरेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले विभिन्न स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।

Skip This
Skip This
Logo