राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा ८१ औँ पटक रक्तदान

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा ८१ औँ पटक रक्तदान

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ८१ औँ पटक रक्तदान गरेका छन् । सोमबार पुरानो वानेश्वर स्थित तारामण्डल महिला सशक्तीकरण अभियानले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी हुँदै अध्यक्ष लिङदेनले रक्तदान गरेका हुन् ।

विद्यार्थी जीवनदेखि नै रक्तदान कार्यक्रममा सहभागी हुँदै आएका लिङ्देनले भने ‘रगत भनेको अमूल्य चिज हो । त्यसमा पनि हाम्रो शरीरबाट यसै खेर गइरहेको हुन्छ । स्वस्थ र समय पुगेकाहरूलाई रक्तदान गर्न प्रेरित गर्दछु ।’

आफूले गरेको रक्तदानले कसैको जीवन बाँच्न सक्ने भएकाले नियमित रक्तदान गर्नु उपयुक्त हुने अध्यक्ष लिङदेनको बुझाइ रहेको छ ।

तारामण्डलले आयोजना गरेको उक्त कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान समेत गरिएको  थियो । उक्त कार्यक्रमको आयोजना गर्न पाएकोमा अभियानकी अध्यक्ष कुन्ती पोखरेलले खुसी व्यक्त गरेकी छन् ।  उनले केही दिन भित्र शंकरापुर नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गर्ने समेत जानकारी दिएकि छन् ।

Logo