तारा एयर दुर्घटना: राइट टर्न’ गर्नुपर्नेमा ‘लेफ्ट टर्न’ गर्दा दुर्घटना

तारा एयर दुर्घटना: राइट टर्न’ गर्नुपर्नेमा ‘लेफ्ट टर्न’ गर्दा दुर्घटना

केन्द्रबिन्दु
0
Shares

प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए। 

संसद्को अन्तर्राष्ट्रिय समितिको सोमबार बसेको बैठकमा दुर्घटनाग्रस्त विमानबारे समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राइट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए। 

घटनाको जाँचबुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीले विश्वास दिलाए। घटनास्थल जोमसोम विमानस्थलबाट ८ नटिकल माइल दूरीमा पर्छ। 

उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भिरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा सोमबार बिहान भेटिएको थियो। पोखराबाट आइतबार बिहान ९:५५ बजे जोमसोमका लागि उडेको उक्त विमान उडेको १०:७ बजेपछि सम्पर्कविहीन भएको थियो। विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको निधन भएको छ।

Logo