दुर्घटनाग्रस्त तारा एयरको ब्लाकबक्स फेला पर्यो

दुर्घटनाग्रस्त तारा एयरको ब्लाकबक्स फेला पर्यो

केन्द्रबिन्दु
0
Shares

आइतबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानुसरे भीरमा दुर्घटनामा परेको तारा एयरको ट्विनअटर विमानको ब्लाकबक्स फेला परेको छ। 

आज बिहान माउन्टेन गाइड पिम्वा तेन्जिङ लामा, नरेन शाही र सेनाको टोलीले ब्लाकबक्स फेला पारेको हो ।  विमानको पुच्छरमा रहेको इन्धनभित्र ब्लाकबक्स फेला परेको माउन्टेन गाइड शाहीले जानकारी दिए । ब्लाक बक्स फेलापरेसँगै दुर्घटना बारे थप अनुसन्धान गर्न सहज हुने भएको छ। दुर्घटना कसरी भयो भन्ने विस्तृत जानकारी बक्समा रेकर्ड हुन्छ। 

प्रारम्भिक अनुसन्धानबाट खराव मौसमका कारण विमान दुर्घटनामा परेको प्रधिकरणले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरी सकेको छ।

आयोगका सदस्यहरूमा क्याप्टेन दीपु ज्वारचन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । 

Logo