टिभिएस मोटर कम्पनीको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाण्डू देखि भोटेचौर सम्मको एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।
गत जेष्ठ १४ गते शनिबार आयोजना भएको उक्त राइड काठमाडौंको महालक्ष्मीस्थान स्थित टिभिएसको युनिराइड शोरुमबाट शुरु भई बालकुमारी, तिनकुने, एअरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मुलपानी, साँखु हुदै भोटेचौर हेवन हिल रिसोर्ट सम्म पुगे थियो ।
उक्त राइडमा सहभागीहरु बीच विपिभन्न खेलहरुसमेत खेलाइनुको साथे मनोरन्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरु गरिएको थियो । खेलमा विजेता बनेकालाई आकर्षक पुरस्कारहरु वितरण गरेका थिए । राइडमा टिभिएस एनटर्कका ७० जना राइडरहरुका साथै प्रसिद्ध मोटो भ्लगरहरु राजकुमार थापा मगर, अलिशा खड्की, ठकुरी भ्लग, आशिष भ्लगलगायत सहभागी थिए ।
साथै नेपालको प्रसिद्ध महिला बडी बिल्डर सनम मूलघुटी , प्रसिद्ध पुरुष बडी बिल्डर अमित चन्द्र आर्या र कलाकार हरु उषा उप्रेती र बिपिन श्रेष्ठको पनि सहभागीता रहेको जगदम्बा मोटर्सको मार्केटिंग नायब कार्यकारी प्रमुख बिक्रम पौडेलले जानकारी दिए। टिभिएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनी बीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताए।
उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । उक्त राइडमा विभिन्न सडक सुरक्षाको जानकारीका साथै राइडर ले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी समेत गराइएको थियो । नेपालमा टिभिएस एनटर्क ५० हजार बिक्री लाइ निरन्तरता दिदै यो राइड आयोजना गरिएको हो ।
प्रतिक्रिया