चितवनको भरतपुरमा सेफ्टिक ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।
बुधबार साँझ साढे ६ बजे भरतपुर महानगरपालिका-१९ तमुटोल बस्ने राम प्यारी गुरुङको घरमा रहेको सेफ्टिक ट्यांकी सफा गर्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कपिलबस्तु शिवराज नपा ९ बस्ने वर्ष २४ का छतिराम थारु अचानक चिप्लिएर ट्यांकमा खसे पश्चात् सँगै काम गरिरहेको भिनाजु नाता पर्ने सोही स्थानका वर्ष २३ का राम चौधरी छतिरामलाई निकाल्न भित्र पसेकोमा दुबै जना निस्किन सकेनन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार ट्यांकीमा खसेको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय फूलबारीबाट प्रहरी निरीक्षकको टोली र जिप्रका चितवनबाट प्रनाउ समेतको टोली, नेपाली सेनाको क्याप्टेन र शसस्त्र प्रहरीबाट सप्रनिको टोली खटिई दुबै जनाको शव उद्धार गरि बाहिर निकालिएको थियो ।































प्रतिक्रिया