मनोज पाण्डेलाई १८ वर्ष कैद सजायको माग

मनोज पाण्डेलाई १८ वर्ष कैद सजायको माग

केन्द्रबिन्दु
0
Shares

मनोज पाण्डेलाई १८ वर्ष कैद सजाय गर्न माग गरिएको छ । आठ वर्षअघिको बलात्कार घटनाका आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोप पाण्डेविरुद्ध मुद्दा दायर भएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरूद्ध अदातलमा मुद्दा दायर गरेको हो । 

सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलका अनुसार उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको मुद्दा दार्ता भएको छ ।
मुद्दामा मानव बेचबिखन तथा ओसारपसार कसुरमा १० देखि १५ वर्ष र बाल यौन दुर्व्यवहारमा तीन वर्षसम्मको सजाय माग दाबी गरिएको उनले बताए । 
। 

एक सुन्दरी प्रतियोगितामा भाग लिएकी १६ वर्षे किशोरीलाई बलात्कार गरेको  घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनलाई प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौँमा दुईवटा मुद्दा दर्ता भएको छ । बुधवार मानव बेचबिखन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगा प्रसाद पौडेलले बताए ।

सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध मानव बेचबिखन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान गरेको थियो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दायर गरेको छ ।

मानव बेचबिखन मुद्दामा १० देखी १५ वर्ष र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा अधिकतम ३ वर्ष कैद सजाय गर्न मागदाबी लिइएको सरकारी वकिल कार्यालयका प्रमुख पौडेलले जानकारी दिए । 
 

Logo